Like us!
Follow us!
Connect us!
Watch us!

सांसद राजेन्द्र बजगाईँलाई कारवाहीको माग गर्दै मन्त्री पाण्डेले दिए संसदीय दलमा उजुरी

अर्थ संसार

शुक्रबार, ३० कार्तिक २०८१, १२ : ५७ मा प्रकाशित

सांसद राजेन्द्र बजगाईँलाई कारवाहीको माग गर्दै मन्त्री पाण्डेले दिए संसदीय दलमा उजुरी

नेपाली कांग्रेसबाट मन्त्री भएका बद्री पाण्डे र सोही पार्टीका साँसद राजेन्द्र बजगाइँबीचको झगडा चर्किएको छ । 

पार्टी अनुशासन विपरीत काम गरेको भन्दै कांग्रेस सहमहामन्त्री तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री मन्त्री बद्री पाण्डेले राजेन्द्र बजगाईंविरूद्ध उजुरी दर्ता गराएका छन् । 

उनले बजगाइँको अमर्यादित गैरकानूनी कार्यमाथि अनुसन्धान गरी हदैसम्मको कारवाहीको माग समेत गरेका छन् । सांसद बजगाइँ व्यवसायीसमेत हुन् । गोरखा–१ बाट चुनाव जितेका बजगाइँले शृङ्खलबद्धरुपमा आफूविरुद्ध कुप्रचार गरेको भन्दै पाण्डेले उजुरी दिएका हुन् । 

अनुशासन समितिमा बिहीवार र संसदीय दलमा शुक्रबार बुझाइएको उजुरीमा  बजगाइँले आफू मन्त्री नियुक्त भएदेखि नै शृखलावद्धरुपमा विभिन्न आरोप लगाउँदै सामाजिक सञ्जालहरुमा कुप्रचार गर्दै आएको गुनासो गरेका छन् ।

पाण्डेले एक क्यासिनोलाई इजाजत दिँदा भ्रष्टाचार गरेको भन्दै बजगाइँले मंगलबार सामाजिक सञ्जालमा लेखेपछि उनीहरुबीचको विवाद सतहमा आएको हो । त्यसलगत्तै मन्त्री पाण्डेले आफूमाथि निराधार आरोप लागेकाले त्यसविरुद्ध कानुनी बाटो अपनाउने प्रतिक्रिया दिएका थिए । बजगाइँले पाण्डेविरुद्धका सबै पोस्टहरु केही घण्टापछि नै सामाजिक सञ्जालबाट हटाएका थिए । 

यस्तो छ मन्त्री पाण्डेले दिएको उजुरी

 
 

 

 

6736f566b7249.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको