संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेमाथि घुस खाएको आरोप लगाएका कांग्रेस सांसद राजेन्द्र बजगाईंले माफी मागेका छन् ।
कांग्रेस सहमहामन्त्रीसमेत रहेका मन्त्री पाण्डेले सांसद बजगाईविरुद्ध आफ्नो मानमर्दन र सामाजिक प्रतिष्ठा समाप्त पार्ने गरी अनर्गल आरोप लगाएको भन्दै मन्त्री पाण्डेले पार्टीमा उजुरी दिएका थिए ।
बजगाईंलाई पार्टीको अनुशासन विभागले लिखित स्पष्टीकरण मागेको थियो । मंगलबार मौखिम स्पष्टीकरण दिएका बजगाईंले बुधबार सामाजिक सञ्जालमार्फत मन्त्री पाण्डेसँग माफी मागेका हुन् ।
बजगाईंले लेखेका छन्,‘सामाजिक एक्स र फेसबुकमा मैले दिएको अभिव्यक्ति उपर केन्द्रीय कार्यालयमा महामन्त्री विश्वप्रकाश शर्मा र अनुशासन समिति संयोजक आनन्द ढुंगानासँग छलफल भयो,मैले लगाएको आरोपले मन्त्रीजीलाई निकै चोट परेको पाएँ त्यसकारण उक्त लांछित अभिव्यक्ति फिर्ता लिएको छु । टिप्पणीबाट परिवारजनमा परेको चोटप्रती पनि क्षमाप्रार्थी छु।’
सांसद बजगाईंले मन्त्री पाण्डेमाथि भैरहवाको एक क्यासिनो सञ्चालन गर्ने क्रममा आर्थिक लेनदेन गरेको आरोप लगाएका थिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस