उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संविधानलाई समाजको गतिसँगै अघि बढाउन संशोधन गरिन लागेको बताएका छन् ।
थारु कल्याणकारिणी सभाको २३ औं महाधिवेशन रुपन्देहीको भैरहवामा उ्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
अर्थमन्त्री पौडेलले अहिले संविधानको आधारमा मुलुकलाई अगाडि बढाउनुपर्छ भन्नेहरूको सरकार भएकाले संविधानलाई समाजको गतिसँगै अघि बढाउन संशोधन गरिने बताए । थारु समुदाय माथि भइरहेका विभेद र असमानता सम्पूर्ण रुपमा समाप्त गर्नका लागि नीति र निर्णयका माध्यमबाट अगुवाई गर्ने उनले बताए ।
थारु समुदायमाथि कुनै प्रकारको विभेद नहुने उनको भनाई छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस