Like us!
Follow us!
Connect us!
Watch us!

गगन थापाको प्रश्न : नेपालको संविधान भन्दा माथि कोही हुन्छ ?

अर्थ संसार

आइतबार, १५ फागुन २०७८, १८ : ४० मा प्रकाशित

गगन थापाको प्रश्न : नेपालको संविधान भन्दा माथि कोही हुन्छ ?

नेपाल कांग्रेसका महामन्त्री समेत रहेका सांसद गगन थापाले एमसीसी सम्झौता नेपालको संविधानभन्दा माथि नहुने दाबी गरेका छन् । उनले यस्ता 'हावा कुरा' नगर्न आग्रह गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा एमसीसीमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद थापाले विगतका सम्झौताहरुको फर्म्याटमै एमसीसी सम्झौता रहेकोले झुट नबोल्न अन्य दलका सांसद र नेताहरुलाई आग्रह गरेका हुन् । 

'धेरै झुट नबोलौं, हामीले यहाँ आएर संविधानभन्दा माथि हुन्छ भन्देका छौं यो हदसम्मको हावादारी कुरा गर्ने ?,' उनको प्रश्‍न थियो, 'नेपालको संविधानभन्दा माथि केही हुन्छ?' उनले भने । 

 नेपालको संविधानको व्यवस्थाअनुसार सबै देशहरुसँग असंलग्न परराष्ट्र नीति अनर्तगत सहमति हुने पनि शर्माले दाबी गरे । 

सैन्य रणनीति, वौद्धिक सम्पत्ति, नेपालको संविधान, राष्ट्रिय स्वाधीनता लगायतका कुरा उठेका भन्दै उनले स्वाधीनता महत्वपूर्ण विषय भएको बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको