Like us!
Follow us!
Connect us!
Watch us!

प्रथम त्रैमासमा निर्जीवन बिमा कम्पनी: ४ वटाको मुनाफा ऋणात्मक हुदाँ कुन कम्पनीले कति कमाए ?

अर्थ संसार

आइतबार, ०२ मंसिर २०८१, ११ : ४१ मा प्रकाशित

प्रथम त्रैमासमा निर्जीवन बिमा कम्पनी: ४ वटाको मुनाफा ऋणात्मक हुदाँ कुन कम्पनीले कति कमाए ?

निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पहिले त्रैमासिक सम्मको वित्तीय विवरण प्रकाशित गरिसकेका छन् ।

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा निर्जीवन बिमा कम्पनीको नाफामा गिरावट आएको छ । नेपालमा सञ्चालित १४ निर्जीवन बीमा कम्पनीको मुनाफा ८६ प्रतिशतले घटेको छ । १६ करोड ६५ लाख रुपैयाँ मुनाफा कमाएका छन् ।

गत आर्थिक वर्षको सोही अवधिमा भने कम्पनीहरुले १ अर्ब १९ करोड १६ लाख रुपैयाँ बराबरको मुनाफा आर्जन गरेका थिए ।
तीन महिनाको अवधिमा युनाइटेड अजोड, सगरमाथा लुम्बिनी, नेशनल इन्स्योरेन्स र ओरियण्टल इन्स्योरेन्सको मुनाफा भने ऋणात्मक रहेको छ ।

यस अवधीमा नाफा सबैभन्दा बढी नाफा आर्जन गर्नेमा राष्ट्रिय बीमा कम्पनी रहेको छ । कम्पनीले यस अवधिमा १५ करोड ६५ लाख रुपैयाँ आर्जन गरेको छ । दोस्रो नम्बरमा रहेको शिखर इन्स्योरेन्स ११ करोड ५२ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गरेको छ । यस्तै, नेको इन्स्योरेन्सले ७ करोड ४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ ।

यस्तै,हिमालयन एभरेष्ट इन्स्योरेन्सले ६ करोड ६१ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ६ करोड ४० लाख रुपैयाँ, आइजिआई प्रूडेन्सियल इन्स्योरेन्सले पनि ६ करोड १० लाख रुपैयाँ मुनाफा आर्जन गरेका छन् । प्रभु इन्स्योरेन्सले ५ करोड ६० लाख रुपैयाँ, सानिमा जिआइसी इन्स्योरेन्सले ५ करोड ८ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले चार करोड ८९ लाख रुपैयाँ र नेपाल इन्स्योरेन्सले १ करोड ४ लाख रुपैयाँ नाफा कमाएका छन् ।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आइपुग्दा निर्जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा बढी चुक्तापुँजी आइजीआई प्रुडेन्सियल इन्सुरेन्सको रहेको छ । यसको पुँजी ३ अर्ब २ करोड ९३ लाख ३४ हजार रुपैयाँ छ । दोस्रोमा सिद्धार्थ प्रिमियर इन्सुरेन्स रहेको छ । सबैभन्दा कम चुक्ता पुँजी राष्ट्रिय बिमा कम्पनीको २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको