Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश प्रस्ताव पारित गर्न नबिल बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

अर्थ संसार

आइतबार, ०२ मंसिर २०८१, १२ : २३ मा प्रकाशित

लाभांश प्रस्ताव पारित गर्न नबिल बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

नबिल बैंकले यहि मंसिर २७ गते ४० औं वार्षिक साधारण सभा बोलाएको छ । मंसिर २ गते बसेको बैंक सञ्चालक समितिको बैठकले मंसिर २७ गते साधारण सभा गर्ने निर्णय गरेको हो ।

साधारण सभा प्रयोजनार्थ मंसिर १० गते बुक क्लोज गर्ने बैंकले जनाएको छ । मंसिर ९ गते सम्म कायम सेयरधनीले बैंकको साधारण सभामा भाग लिन र लाभांश लिन पाउनेछन् । 

नबिल बैंकले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट सेयरधनीहरुलाई कर सहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित नगद लाभांश नियामक नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीहरुलाई वितरण गरिनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको