Like us!
Follow us!
Connect us!
Watch us!

१२ हाइड्रोपावर कम्पनीले घोषणा गरे लाभांश, यी हुन् बुक क्लोज हुन् बाँकी कम्पनी

अर्थ संसार

आइतबार, ०२ मंसिर २०८१, १३ : १४ मा प्रकाशित

१२ हाइड्रोपावर कम्पनीले घोषणा गरे लाभांश, यी हुन् बुक क्लोज हुन् बाँकी कम्पनी

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत भएका हाइड्रोपावर कम्पनीहरुमध्ये १२ कम्पनीले लाभांश घोषणा गरेका छन् । 

सगरमाथा जलविद्युत,बिन्द्याबासीनि हाइड्रोवर, अपि पावर, अरुण भ्याली,रु रु जलविद्युत, मन्दाकिनी हाइड्रोपावर,सुपरमादी हाइड्रोपावर,साहज उर्जा लिमिटेड, भगवती हाइड्रोपावर, माण्डु हाइड्रोपावर,सुपरमाइ हाइड्रोपावर र सीईडडिबी हाइड्रोपावरले गत आवको मुनाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेका हुन् ।

रु रु जलविद्युत

रु रु जलविद्युतले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट १५ प्रतिशत बोनश र कर प्रयोजनको लागि ०.७८ प्रतिशतसहित १५.७८ प्रतिशत लाभांश घोषणा गरेको छ ।

भगवती हाइड्रोपावर

भगवती हाइड्रोपावरले १०.७३६८ प्रतिशतले हुन आउने ६ करोड १४ लाख २१ हजार ६८४.२१ रुपैयाँ नगद लाभांश (नगद लाभांश र बोनस सेयरमा लाग्ने कर समेत) र चुक्तापूँजीको ४ प्रतिशतले बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ ।

सुपरमाई हाइड्रोपावर

सुपरमाई हाइड्रोपावरले सेयरधनीको लागि १२.६३ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले ७ प्रतिशत बोनस सेयर र ५।६३ प्रतिशत नगद लाभांश (कर सहित) दिने घोषणा गरेको हो ।

माण्डु हाइड्रोपावर

माण्डु हाइड्रोपावरले हाल कायम रहेको चुक्ता पूँजीको १२ प्रतिशत नगद लाभांश, सीइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले ११ प्रतिशत बोेनश सेयर दिने घोषणा गरेको हो ।

विन्ध्यावासिनी हाइड्रोपावर

विन्ध्यावासिनी हाइड्रोपावरले ८ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ ।

अपि पावर कम्पनी

अपि पावर कम्पनीले ९.४७३७ प्रतिशत लाभांश घोषणा गरेको छ । जसमा ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४७३७ प्रतिशत नगद लाभांश रहेको छ ।

सुपरमादी हाइड्रोपावर

सुपरमादी हाइड्रोपावरले ५ प्रतिशत नगद र ०.२६३ प्रतिशत बोनश सेयर वितरण गर्ने निर्णय गरेको छ ।

साहज उर्जा 

साहज उर्जा लिमिटेडले ८ प्रतिशत बोनश र ०.४२ नगदसहित ८.४२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । 

मन्दाकिनी हाइड्रोपावर

मन्दाकिनी हाइड्रोपावरले ५ प्रतिशत बोनश र ०.२६ प्रतिशत नगदसहित ५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ ।

सगरमाथा जलविद्युत

सगरमाथा जलविद्युतले बोनश र नगदसहित ५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । 

अरुण भ्याली हाइड्रोपावर 

अरुण भ्याली हाइड्रोपावरले  गत वर्षको नाफाबाट सेयरधनीलाई कर सहित ३ प्रतिशत बोनस सेयर र ०.१५७ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । 

लाभांश घोषणा गरेका यी १२ कम्पनीमध्ये १ कम्पनीको मात्रै बुक क्लोज हुन बाँकी छ । बुक क्लोज हुन बाँकी सुपरमाइ हाइड्रोपावर रहेको छ ।  अझैपनि सुपरमाई हाइड्रोपावरको सेयर किन्दा प्रस्तावित लाभांश पाइनेछ । 

सुपरमाई हाइड्रोपावरले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १२.६३ प्रतिशत लाभांश घोषणा गरेको छ ।  ७ प्रतिशत बोनस सेयर र ५.६३ प्रतिशत नगद लाभांश (कर सहित) दिने घोषणा गरेको हो । 

उक्त प्रस्ताव विद्युत नियमन आयोग र आगामी साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको