Like us!
Follow us!
Connect us!
Watch us!

यस्तो आयो रसुवागढी हाइड्रोपावरको वित्तीय विवरण

अर्थ संसार

आइतबार, ०२ मंसिर २०८१, १५ : ५८ मा प्रकाशित

यस्तो आयो रसुवागढी हाइड्रोपावरको वित्तीय विवरण

रसुवागढी हाइड्रोपावरले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार पहिलो त्रैमासमा कम्पनीको नोक्सानी घटेको छ । 

पहिलो त्रैमासमा कम्पनी १ करोड ४ लाख ४९ हजार रुपैयाँ नोक्सानमा रहेको छ । गत वर्ष यसै त्रैमासमा कम्पनी १ करोड ५३ लाख रुपैयाँ नोक्सानमा रहेको थियो । 

असोजसम्ममा रसुवागढी ८५ लाख ४० हजार रुपैयाँ सञ्चालन घाटामा रहेको छ । गत वर्ष पनि कम्पनी ९८ लाख २६ हजार रुपैयाँ सञ्चालन घाटामा रहेको थियो । 

कम्पनीको प्रतिसेयर आम्दानी ६ पैसा ऋणात्मक छ । गत वर्ष यसको प्रतिसेयर आम्दानी ९० पैसा ऋणात्मक थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ ९४ रुपैयाँ २७ रुपैयाँ छ ।  हाल यसको चुक्ता पुँजी ६ अर्ब ८४ करोड २१ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष ३९ करोड २१ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको