रसुवागढी हाइड्रोपावरले पुस २९ गते वार्षिक साधारणसभा गर्ने भएको छ ।
कम्पनीको पुस ४ गते बिहान १० बजे बसेको सञ्चालक समितिको बैठकले उक्त सभा काठमाडौंको धुम्बाराहीस्थित स्मार्ट महलमा बिहान ११ बजे गर्ने निर्णय गरेको हो ।
सभाले गत आर्थिक वर्ष २०८० ८१ को वार्षिक प्रतिवेदन छलफल,चालू आवको लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले कुनै पनि लाभांश प्रस्ताव भने गरेको छैन ।
साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस १६ गते बुक क्लोज गर्ने भएकाले पुस १४ गतेसम्म कायम सेयरधनीले साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस