अर्थ संसार, काठमाडौँ –नेपाल विद्युत् प्राधिकरणले भारतबाट आयात गरिरहेको १४५ मेगावाट विद्युत्को भविस्यमाथि कालो बादल लागेको टिप्पणी सुरु भएको छ ।
भारतको विद्युत् व्यापारको नोडल एजेन्सी विद्युत व्यापार निगम (एमभीभीएन) लिमिटेडले विद्युत् बिक्री सम्झौता नविकरण नगरेपछि प्राधिकरणलाई समस्या निम्तिएको हो । ढल्केबवर– मुजफ्फरपुर अन्तरदेशिय प्रसारण लाइन मार्फत हाल १४५ मेगावाट विद्युत् आयात भइरहेको छ ।
भारतीय पक्षसँग भएको द्विपक्षीय सम्झौता यही पुस १६ गतेदेखि सकिन लागेको छ । म्याद थपको विषयमा आशंका बढेपछि आशंका दूर गर्ने र विद्युत् आयात निरन्तर जारी राख्ने लक्ष्यका साथ प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको उच्च स्तरीय टोली भारत भ्रमणमा जान लागेको हो ।
नेपालले आयात गरिरहेको सस्तो दरको विद्युत् समेत सोही प्रसारण लाइन मार्फत आयात हुने गरेको छ । प्रतियुनिट ५ रुपैयाँ ७६ पैसामा आयात भइरहेको विद्युत् आयातको भविस्यमा समस्या पैदा भएपछि थप वार्ताका लागि उच्च्स्तरीय टोली भारत भ्रमणमा जान लागेको हो ।
भारतबाट विद्युत् आयात नभएपछि लोडसेडिङ हुन सक्ने आशंका बढेको छ । सो आशंकालाई समेत समाधान गर्न जरुरी रहेको बताइएको छ ।
भारतबाट नेपालले यस हिउँदका लागि करिब ३७० मेगावाट विद्युत् खरिद गर्ने योजना बनाएको छ । विद्युत् प्रवाहमा सहजता ल्याउनका लागि समेत थप विद्युत् जरुरी रहेको बताइएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस