कैलाश हेलिकप्टर र छायादेवी कम्प्लेक्सले प्रिमियम मूल्यमा आइपीओ ल्याउन नेपाल धितोपत्र बोर्डमा अनुमति मागेका छन्। यी दुवै कम्पनीले बोर्डमा आवेदन दिँदै प्रिमियम मूल्यमा आइपीओ निष्कासनका लागि अनुमति मागेका हुन्।
कैलाश हेलिकप्टरले १०० रुपैयाँ अंकित दरमा २२७ रुपैयाँ प्रिमियम थपेर ३२७ रुपैयाँमा आइपीओ ल्याउने तयारी गरेको छ। बोर्डले अनुमति दिएपछि कम्पनीले ३ लाख ५० हजार कित्ता साधारण सेयर जारी गर्नेछ। साधारण सेयर बिक्री गरेर कम्पनीले ११ करोड ४४ लाख ५० हजार रुपैयाँ उठाउनेछ। कैलाश हेलिकप्टरको आइपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।
छायादेवी कम्प्लेक्सले १०० रुपैयाँ अंकित दरमा ३०० रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ४०० रुपैयाँमा आईपीओ ल्याउने तयारी गरेको छ । बोर्डले अनुमति दिएमा कम्प्लेक्सले सर्वसाधारणलाई १४ लाख ३७ हजार ५०० कित्ता कित्ता साधारण सेयर बिक्री गर्नेछ। साधारण सेयर बिक्री गरेर कम्पनीले ५७ करोड ५० लाख रुपैयाँ जुटाउनेछ। यो कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस