Like us!
Follow us!
Connect us!
Watch us!

हकप्रद निष्काशन गर्न ङादी ग्रुपले धितोपत्र बोर्डबाट पायो अनुमति

अर्थ संसार

आइतबार, ०९ मंसिर २०८१, १७ : ०९ मा प्रकाशित

हकप्रद निष्काशन गर्न ङादी ग्रुपले धितोपत्र बोर्डबाट पायो अनुमति

ङादी ग्रुप पावरलाई हकप्रद निष्काशन गन नेपाल धितोपत्र बोर्डले ङादी ग्रुप पावरलाई हकप्रद निष्काशन गर्न अनुमति दिएको छ ।

कम्पनीले १ बराबर १ को अनुपातमा १ करोड ८५ लाख १२ हजार ७ सय ९२ कित्ता शेयर निष्काशन गर्न अनुमति दिएको हो। 

कम्पनीले हकप्रद सेयरबाट प्राप्त रकम आयोजनाको मर्मत संभार गर्न, ऋण तिर्न साथै नयाँ आयोजनामा लगानी गर्न प्रयोग गर्ने जनाएको छ । १०० प्रतिशत हकप्रद सेयर जारी गरेपछि यसको पुँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार रुपैयाँ पुग्नेछ ।



 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको