Like us!
Follow us!
Connect us!
Watch us!

हकप्रद निष्कासनका लागि ङादी ग्रुपको बुक क्लोज मिति तय, कहिलेसम्म कायम सेयरधनीले पाउँछन् भर्न ?

अर्थ संसार

सोमबार, १० मंसिर २०८१, १३ : ०६ मा प्रकाशित

हकप्रद निष्कासनका लागि ङादी ग्रुपको बुक क्लोज मिति तय, कहिलेसम्म कायम सेयरधनीले पाउँछन् भर्न ?

ङादी ग्रुप पावर लिमिटेडले १०० प्रतिशत हकप्रद सेयर निष्कासनका लागि बुक क्लोजको मिति तय गरेको छ ।

यसका लागि कम्पनीले मंसिर १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसका आधारमा मंसिर १७ गतेसम्म कम्पनीको सेयरकिन्ने लगानीकर्ताले हकप्रदमा आवेदन दिन सक्नेछन्। 

कम्पनीले १०० प्रतिशत अर्थात् १ कित्ता साधारण सेयर बराबर १ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका दरले १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२ रुपैयाँ बराबरको १ करोड ८५ लाख १२ हजार ७९२ कित्ता हकप्रद जारी गर्नेछ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको