अर्थ संसार, काठमाडौँ– अनियन्त्रित रुपमा चलाइएको बसले ठक्कर दिदा मैती देवी चोक र धोवीखोला पुलकोबीचमा रहेको नेपाल विद्युत् प्राधिकरणको पोलमा जडित ट्रान्सफर्मर ढल्दा सो क्षेत्रमा विद्युत् प्रवाह अवरुद्ध भएको छ ।
नेपाल विद्युत् प्राधिकरणकाअनुसार आज बिहान तिब्र गतिमा हुइँकिएर आइरहेको बसले मैतिदेवी चोक र धोबिखोला पुलको बीचमा रहेको ट्रास्फर्मर जडित पोलमा ठक्कर दिएको थियो ।
उक्त बिद्युत पोलमा जडित २५० केभिए क्षमताको ट्रान्सफर्मर तीन वटा पोल सहित लडाएको थियो ।
उक्त घटनापछि त्यस क्षेत्रमा विद्युत आपूर्ति अवरोध भैरहेको प्राधिकरणले जनाएको छ । पोल गाड्ने लगायत ट्रान्सफर्मर जडान कार्यका लागि मर्मतसम्भार गर्न रेपिड एक्सन टिम परिचालित गरिसकिएको उल्लेख गरेको छ ।
विद्युत् आपूर्ती सुचारु गरिसक्न हामी प्रायत्नसिल रहेको प्राधिकरणले जनाएको छ । उक्त घटनाबाट पर्नगएको असुविधा र पीडाप्रती नेपाल बिद्युत प्राधिकरणले क्षमा याचना गरेको छ ।
बसको ठक्करबाट १७ पैदलयात्री घाइते भएका थिए । ती मध्ये ३ को अवस्था चिन्ताजनक रहेको बताइएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस