एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले लाभांश घोषणा गरेको छ ।
यस कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले ५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । साथै, कम्पनीले १०० प्रतिशत हकप्रद सेयर पनि जारी गर्ने निर्णय गरेको छ ।
लाभांश र हकप्रद प्रस्तावसहित एनआरएनले आफ्नो १२ औँ वार्षिक साधारणसभा (एजीएम) पुस १२ गते बोलाएको छ । सभा काठमाडौंको नक्सालस्थित आम्रपाली ब्यांक्वेटमा बिहान ९ बजेबाट सुरु हुनेछ।
सभाले लाभांश अनुमोदन गरेपछि सेयरधनीहरुले पाउनेछन्। सभाले बोनस सेयर वितरणपछि कायम हुने चुक्तापुँजीको १ः१ अर्थात १०० प्रतिशत हकप्रद ल्याउने विशेष प्रस्ताव पनि पारित गर्नेछ।
सभा प्रयोजनका लागि कम्पनीले मंसिर २१ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, मंसिर २० गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश हात पार्न सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस