Like us!
Follow us!
Connect us!
Watch us!

तयार भएर बस्नुहोस्, घलेम्दी हाइड्रोको साढे ५ लाख कित्ता साधारण सेयर आउँदै

मंगलबार, ११ पुस २०७४, १७ : २७ मा प्रकाशित

तयार भएर बस्नुहोस्, घलेम्दी हाइड्रोको साढे ५  लाख कित्ता साधारण सेयर आउँदै

काठमाडौँ, घलेम्दी हाइड्रो पावरले रु पाँच करोड ५० लाख बराबरको साधारण सेयर जारी गर्ने अन्तिम तयारी गरेको छ ।

साधारण सेयर निस्काशनका लागि कम्पनीले यही पुस २२ गते चौथो वार्षिक साधारणसभा बोलाएको छ ।

म्याग्दी जिल्लाको नारच्याङमा ५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ ।

साधारण सभाले कम्पनीको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै सञ्चालक समितिको चयन गर्ने जनाएको छ ।

पहिलो चरणमा  कम्पनीले आयोजना प्रभावित स्थानियबासिन्दालाई साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले पहिलो चरणमा रु ५ करोड ५० लाख बराबरको ५ लाख ५० हजार कित्ता आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीको सेयर बिक्री प्रवन्धकमा भिवोर क्यापिटल लिमिटेड रहेको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको