अधिक तरलताको अवस्था आएसँगै बैंकहरुले धमाधम निक्षेपको ब्याजदर घटाउँदै आएका छन् ।]
निक्षेपको ब्याजदर घटेसँगै बैंकहरुको आधार दर पनि तल झर्दै आएको हो । पछिल्लो महिना वाणिज्य बैंकहरुको औसत आधार दर घटेको छ । कात्तिक महिनाको तुलनामा मंसिरमा औसतमा आधार दर घटेको हो ।
वाणिज्य बैंकहरुको औसत आधार दर मंसिरको लागि ७.३२ प्रतिशत कायम भएको छ । यसअघि कात्तिकमा २० वाणिज्य बैंकहरुको औसत आधार दर ७.४४ प्रतिशत थियो ।
यो अवधिमा पाँचवटा वाणिज्य बैंकको आधार दर ७ प्रतिशतभन्दा तल छ । स्ट्याण्डर्ड चार्टर्ड, नबिल, एभरेष्ट, राष्ट्रिय वाणिज्य र नेपाल बैंकको बेस रेट ७ प्रतिशतभन्दा तल आएको हो । यस अवधिमा सबैभन्दा कम आधार दर स्टान्डर्ड चार्टर्ड बैंकको रहेको छ । यसको औसत आधार दर जम्मा ५.५३ प्रतिशत निर्धारण भएको छ ।
मंसिर महिनामा राष्ट्रिय वाणिज्य बैंकको आधार दर ६.०१, नेपाल बैंकको ६.६२, एभरेष्टको ६.४९ र नबिल बैंकको ६.७६ प्रतिशत छ । एनआईसी एशिया र हिमालय बैंकको आधार दर ८ प्रतिशत माथि छ । बाँकी सबै बैंकको आधार दर ८ प्रतिशतभन्दा तल छ ।
आधार दर घट्नु भनेको नै ऋणको ब्याजदर सस्तो हुनु हो । बैंकहरुले आधार दरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम थपेर ऋण दिन्छन्। तर, ब्याजदर घट्दै आएपनि कर्जाको माग बढ्न सकेको छैन ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस