बाणिज्य बैंकहरुको आधार दर (बेस रेट) निरन्तर घटीरहेको छ ।
पछिल्लो १ महिनामै २० वाणिज्य बैंकहरुको औसत आधार दर ०.२१ प्रतिशत विन्दुले घटेको छ । माघ महिनामा वाणिज्य बैंकहरुको औसत आधार दर ६.८१ प्रतिशत रहेको छ । पुसमा बैंकहरुको औसत बेस रेट ७.०२ प्रतिशत थियो ।
३ बैंकको आधार दर ६ प्रतिशतभन्दा मुनि
अहिले ३ बैंकको आधार दर ६ प्रतिशतभन्दा मुनि आएको छ ।
- स्टान्डर्ड चार्टर्ड बैंक - ५.१९ प्रतिशत
- राष्ट्रिय वाणिज्य बैंक - ५.६४ प्रतिशत
- एभरेष्ट बैंक - ५.६६ प्रतिशत
सबैभन्दा धेरै आधार दर हुनेमा एनआइसी एसिया
- एनआइसी एसिया बैंक - ७.७५ प्रतिशत
यो अवधिमा ७ बैंकको आधार दर ७ प्रतिशतभन्दा कम रहेको छ ।
कुन बैंकको आधार दर कति ?
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस