२० वटै वाणिज्य बैंकहरुको आधार दर (बेस रेट) घटेको छ ।
पछिल्लो १ महिनामै वाणिज्य बैंकहरुको औसत आधार दर ०.१९ प्रतिशत विन्दुले घटेको छ । बैंकहरुले सार्वजनिक गरेको पछिल्लो ३ महिनाको औसत आधार दरका आधारमा फागुनमा बैंकहरुको औसत बेस रेट ६.६१ प्रतिशत कायम भएको छ । माघमा औसत आधार दर ६.८१ प्रतिशत थियो ।
माघको तुलनामा फागुनमा २० वटै वाणिज्य बैंकको आधार दर घटेको छ ।पुस मसान्तसम्म वाणिज्य बैंकहरुको औसत आधार दर ७.०२ प्रतिशत थियो ।
बेस रेटकै आधारमा हाल स्ट्याण्डर्ड चार्टर्ड, राष्ट्रिय वाणिज्य, एभरेष्टले सबैभन्दा सस्तो ब्याजमा ऋण दिन सक्नेछन् ।
स्ट्यान्डर्ड चार्टर्ड बैंकको आधार दर हाल ५.११ प्रतिशत रहेको छ भने राष्ट्रिय वाणिज्य बैंकको ५.४४ प्रतिशत र एभरेस्ट बैंकको ५.६३ प्रतिशत कायम भएको छ ।
बेस रेट ब्याजदरसँग सम्वन्धित हुन्छ, बेस रेट बढेको खण्डमा कर्जाको ब्याजदर पनि बढ्छ भने घटेको बेलामा कर्जाको ब्याजदर पनि घट्ने गर्छ ।
अन्य कुन बैंकको बेस रेट कति ?
त्यस्तै, नेपाल बैंकको ६.१२ प्रतिशत, नबिल बैंकको ६.१७ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंको ६.४१ प्रतिशत, कृषि विकास बैंकको ६.६३ प्रतिशत, एनएमबि बेंकको ६.७३ प्रतिशत, ग्लोबल आइएमई बैंकको ६.७४ प्रतिशत, सानिमा बैंकको ६.७६ प्रतिशत, हिमालयन बैंकको ६.८५ प्रतिशत, सिद्धार्थ बैंकको ६.९ प्रतिशत र माछापुछ्रे बैंकको ६.९ प्रतिशत ,नेपाल एसबीआई बैंक ६.९७ प्रतिशत,सिटिजन्स बैंक ७.०१ प्रतिशत,प्रभु बैंक ७.०८ प्रतिशत,कुमारी बैंक, ७.१२ प्रतिशत,लक्ष्मी सनराइज बैंक ७.१३ प्रतिशत,प्राइम बैंक ७.१६ प्रतिशत,एनआईसी एशिया बैंक ७.५३ प्रतिशत रहेको छ ।
हाल बैंकिङ प्रणालीमा ७ खर्ब बढी लगानीयोग्य रकम थुप्रिएर बसेको छ । निक्षेपको तुलनामा कर्जाको माग भने न्युन नै छ । आन्तरिक अर्थतन्त्र गतिशिल नहुँदा कर्जाको माग भने बढ्न सकिरहेको छैन ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस