Like us!
Follow us!
Connect us!
Watch us!

सुपरमाई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

अर्थ संसार

आइतबार, १६ मंसिर २०८१, ०७ : ३६ मा प्रकाशित

सुपरमाई हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

सुपरमाई हाइड्रोपावर लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज, मंसिर १६ गते रहेको छ। कम्पनीले भोली, मंसिर १७ गते बुकक्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सेयरधनीहरूले लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन सक्नेछन्।

साधारण सभाको मिति र स्थान

कम्पनीले आफ्नो दशौं वार्षिक साधारण सभा मंसिर २८ गते, शुक्रबार, नक्सालस्थित लिसरा रिसेप्सन्स प्रा.लि. मा आयोजना गर्नेछ। सभा दिउँसो ४ बजेबाट सुरु हुनेछ।

लाभांश प्रस्ताव

सभामा निम्न प्रस्तावहरू पेस हुनेछन्:

  1. ७% बोनस सेयर वितरण।
  2. बोनस सेयरमा लाग्ने कर प्रयोजन सहित ५.६३१% नगद लाभांश वितरण।

अन्य प्रस्तावहरू

सभाले निम्न विषयहरूमा पनि निर्णय गर्नेछ:

  • कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने।
  • नयाँ लेखापरीक्षक नियुक्त गर्ने।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको