Like us!
Follow us!
Connect us!
Watch us!

अन्तिम दुई ओभरमा ४३ रन जोडेपछि कर्णालीले जनकपुरलाई दियो १४२ रनको लक्ष्य

अर्थ संसार

सोमबार, १७ मंसिर २०८१, १४ : ४७ मा प्रकाशित

अन्तिम दुई ओभरमा ४३ रन जोडेपछि कर्णालीले जनकपुरलाई दियो १४२ रनको लक्ष्य

कर्णाली याक्सले एनपीएलमा जनकपुर बोल्टस्‌लाई १४२ रनको लक्ष्य दिएको छ ।

कर्णालीका अर्जुन घर्ती र कप्तान सोमपाल कामीले अन्तिम दुई ओभरमा विष्फोटक ब्याटिङ गर्दै ४३ रन जोडेपछि कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १४२ रनको लक्ष्य दिएको हो । अर्जुनले १९औं ओभरमा २२ रन जोडे भने अन्तिम ओभरमा सोमपालले २१ रन जोडेका थिए ।

नेपालकै गुल्सन झाले ३६ रनको योगदान दिए । भारतिय चर्चित खेलाडी शिखर धवनसहित कर्णालीका सबै खेलाडी फ्लप भए । एक खेलको ४० लाख पारिऋमिकमा एनपीएलले खेल्ने आएका शिखरले १४ बलमा १४ रन बनाउँदै आउट भए ।

चाडविक वाल्टन ८, बाबर हायत १२ र जिसन मक्सुद शुन्य रनमा आउट भए । बलिङमा जनकपुरका मोहम्मद मोहसिनले सर्वाधिक २ विकेट लिए ।

 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको