Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल प्रिमियर लिग मंसिर १ देखि सुरू, जनकपुर र काठमाडौंबीच उद्घाटन खेल

अर्थ संसार

मंगलबार, २५ कार्तिक २०८२, ०८ : ३९ मा प्रकाशित

नेपाल प्रिमियर लिग मंसिर १ देखि सुरू, जनकपुर र काठमाडौंबीच उद्घाटन खेल

नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको खेल तालिका सार्वजनिक गरेको छ। क्यानका अनुसार लिग आगामी मंसिर १ गतेदेखि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरू हुनेछ।

साबिक विजेता जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजबीच मंसिर १ गते हुने उद्घाटन खेलले प्रतियोगिताको प्रारम्भ गर्नेछ। यो खेल दिउँसो ४ बजे फ्लडलाइटमा खेलाइने तय गरिएको छ।

यसपटकको एनपीएलमा आठवटा फ्रेन्चाइज टोली सहभागी हुनेछन्। प्रतियोगिता अवधिभर कुल ३२ खेल हुनेछन्, जसमा २३ खेल फ्लडलाइटमा खेलाइने क्यानले जनाएको छ।

दुई खेल हुने दिनमा पहिलो खेल दिउँसो ११:४५ बजे र दोस्रो खेल ३:३० वा ४ बजे सुरू हुनेछन्। यस्तै, प्लेअफका तीनै खेल पनि दिउँसो ४ बजे फ्लडलाइटमा खेलाइने तयारी गरिएको छ।

फाइनल खेल मंसिर २७ गतेका लागि तय गरिएको छ, जसलाई पनि फ्लडलाइटमा आयोजना गरिने भएको छ। यससँगै कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो पटक फ्लडलाइटमा रात्री खेलको सुरुवात हुन लागेको हो, जसले नेपाली क्रिकेटमा नयाँ अध्याय थप्ने अपेक्षा गरिएको छ।

क्यानका अनुसार प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ र मैदानमा फ्लडलाइट परीक्षण समेत सम्पन्न भएको छ। यसपटकको नेपाल प्रिमियर लिगले दर्शकलाई नयाँ अनुभव दिलाउने विश्वास व्यक्त गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको