सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रकाशित विवरणअनुसार, बैंकले समीक्षा अवधिमा १ अर्ब २९ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको १ अर्ब ३२ करोड ७ लाख रुपैयाँ नाफाभन्दा २.०८ प्रतिशतले कम हो।
समीक्षा वर्षमा बैंकको वितरणयोग्य मुनाफा ७७ करोड ५४ लाख रुपैयाँ रहेको छ। यस आधारमा बैंकले करिब ५.२५ प्रतिशत लाभांश वितरण गर्ने क्षमता बनाएको छ। सञ्चालन मुनाफा पनि २.३२ प्रतिशतले घट्दै २ अर्ब ९ लाख रुपैयाँमा सीमित भएको छ।
तर, ब्याज आम्दानी भने वृद्धि भएको छ। चौथो त्रैमाससम्म बैंकले ६ अर्ब ३६ करोड ४९ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ५ अर्ब ७२ करोड ३८ लाख रुपैयाँभन्दा ११.२० प्रतिशतले बढी हो।
बैंकको चुक्ता पुँजी १४ अर्ब ७६ करोड ९० लाख रुपैयाँ रहेको छ। रिटेन्ड अर्निङ ऋणात्मक ७७ करोड ५४ लाख रुपैयाँमा छ भने रिजर्भमा ७ अर्ब ४० करोड ९४ लाख रुपैयाँ छ। अघिल्लो वर्ष सोही अवधिमा रिटेन्ड अर्निङ ऋणात्मक ६१ करोड ३२ लाख रुपैयाँ र रिजर्भ ६ अर्ब ७० करोड १ लाख रुपैयाँ थियो।
समीक्षा वर्षमा बैंकले २ खर्ब ११ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ६८ अर्ब ९५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष निक्षेप २ खर्ब ४३ अर्ब ८० करोड र कर्जा १ खर्ब ५३ अर्ब ३४ करोड रुपैयाँ रहेको थियो।
बैंकको खराब कर्जा अनुपात (एनपीएल) ४.१० प्रतिशतबाट बढेर ४.९४ प्रतिशतमा पुगेको छ। वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) ८.७६ रुपैयाँमा घटेको छ भने अघिल्लो वर्ष यो ९.३० रुपैयाँ थियो। बैंकको पीई रेसियो २६.०६ गुणा र प्रतिशेयर नेटवर्थ १५५.४२ रुपैयाँ रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस