Like us!
Follow us!
Connect us!
Watch us!

एनपीएलको आधिकारिक ल्युब्रिकेन्ट पार्टनरमा एचपी ल्युब्रिकेन्ट्स

अर्थ संसार

बुधबार, ०३ मंसिर २०८२, ०८ : २८ मा प्रकाशित

एनपीएलको आधिकारिक ल्युब्रिकेन्ट पार्टनरमा एचपी ल्युब्रिकेन्ट्स

नेपाल प्रिमियर लिग (एनपीएल) का लागि एचपी ल्युब्रिकेन्ट्स आधिकारिक ल्युब्रिकेन्ट पार्टनरका रूपमा सहभागी भएको छ। नेपालमा एचपी ल्युब्रिकेन्ट्सको अधिकृत वितरक एम.ए.डब्ल्यु पेट्रो प्रोडक्ट्स प्रा.लि.ले नयाँ सिजन लक्षित विशेष साझेदारी घोषणा गर्दै सम्झौतामा हस्ताक्षर गरेको हो।

टीयू क्रिकेट मैदानमा सम्पन्न समारोहमा एम.ए.डब्ल्यु इन्टरप्राइजेज प्रा.लि.का कार्यकारी निर्देशक तथा महाप्रबन्धक प्रतिनिधिहरू र नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काको उपस्थितिमा सम्झौता सम्पन्न गरिएको क्यानले जनाएको छ।

यो सहकार्यले क्रिकेटको लोकप्रियता र एचपी ल्युब्रिकेन्ट्सको ‘Power to Perform’ ब्रान्ड दर्शनबीचको संयोजनलाई औपचारिक रूप दिएको छ। क्यानका अनुसार उच्च सहनशीलता, निरन्तरता र उत्कृष्टतामा आधारित क्रिकेट खेल एचपी ल्युब्रिकेन्ट्सले बोकेको प्रदर्शन–केन्द्रित छवीसँग सुहाउँछ।

एम.ए.डब्ल्यु पेट्रो प्रोडक्ट्सले नेपालमा बढ्दै गएको क्रिकेटको बजार, उदाउँदै गरेका खेलाडी र राष्ट्रिय स्तरमा प्रशंसकहरूको आकर्षणलाई ध्यानमा राख्दै यस्तो साझेदारी महत्वपूर्ण भएको जनाएको छ। कम्पनीका अनुसार नेपालभर विश्वसनीय ल्युब्रिकेसन समाधान उपलब्ध गराउँदै आएको एचपी ल्युब्रिकेन्ट्सले खेल क्षेत्रप्रति आफ्नो जोड अझ बलियो बनाएको छ।

कम्पनीले सहयोगको उद्देश्य नेपालमा खेलाडीहरूको प्रेरणा, ऊर्जा र प्रदर्शनलाई थप सशक्त बनाउने रहेको बताएको छ। क्रिकेटमा देखिने अनुशासन र निरन्तर प्रदर्शनलाई एचपी ल्युब्रिकेन्ट्सको प्रविधि र गुणस्तरसँग मेल खाने प्रसङ्गमा कम्पनीले यसलाई सकारात्मक कदमका रूपमा लिएको छ।


एम.ए.डब्ल्यु पेट्रो प्रोडक्ट्स प्रा.लि. नेपालमा एचपी ल्युब्रिकेन्ट्स वितरण गर्ने अधिकृत संस्था हो। कम्पनीले अटोमोटिभ तथा औद्योगिक क्षेत्रमा उच्च–गुणस्तरका ल्युब्रिकेसन समाधान प्रदान गर्दै आएको छ।

एचपी ल्युब्रिकेन्ट्स विश्वमान्य ब्रान्ड हो जसले विभिन्न भू–भाग र मौसम अवस्थालाई ध्यानमा राखी उन्नत प्रविधिबाट तयार पारिएका ल्युब्रिकेन्टीका समाधान बजारमा उपलब्ध गराउँदै आएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको