Like us!
Follow us!
Connect us!
Watch us!

नेपालका लागि चीनको उदार सहयोग: ९ अर्ब अनुदान घोषणा

अर्थ संसार

मंगलबार, १८ मंसिर २०८१, २१ : १८ मा प्रकाशित

नेपालका लागि चीनको उदार सहयोग: ९ अर्ब अनुदान घोषणा

चिनियाँ राष्ट्रपति सि जिनपिङले नेपाललाई ५०० मिलियन आरएमबी (करिब ९ अर्ब नेपाली रूपैयाँ) अनुदान सहयोग प्रदान गर्ने घोषणा गरेका छन्। यो घोषणा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति सि जिनपिङबीच भएको भेटवार्तामा भएको हो।

चार दिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले बेइजिङमा राष्ट्रपति सि र प्रधानमन्त्री ली छ्याङसँग द्विपक्षीय वार्ता गरेका थिए। मंगलबार चिनियाँ प्रधानमन्त्रीसँग ९ बुँदे सहमतिमा हस्ताक्षर गरेपछि राष्ट्रपति सिसँगको भेटवार्तामा सो अनुदान घोषणा भएको हो।

प्रधानमन्त्री ओलीको भ्रमण चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा भएको हो। यो भ्रमण नेपाल-चीन आपसी सहयोगलाई नयाँ उचाइमा पुर्‍याउने अवसरका रूपमा हेरिएको छ। प्रधानमन्त्री ओली मंसिर २० गते स्वदेश फर्कने कार्यक्रम छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको