नेपाल एसबिआई बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ।
बैंकको मङ्सिर १८ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुको लागि १०.६५ प्रतिशत लाभांश घोषणा गरेको हो। जसमध्ये ३.८० प्रतिशत बोनस सेयर र ६.८५ प्रतिशत नगद लाभांश (कर समेत) रहेको छ।
घोषित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस