Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल एसबीआई बैंकद्वारा विराटनगरको आदर्श बालिका माविका विद्यार्थीलाई स्कुल ब्याग र शैक्षिक सामग्री प्रदान

अर्थ संसार

बुधबार, ०७ फागुन २०८१, ०९ : २७ मा प्रकाशित

नेपाल एसबीआई बैंकद्वारा विराटनगरको आदर्श बालिका माविका विद्यार्थीलाई स्कुल ब्याग र शैक्षिक सामग्री प्रदान

नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत मोरङको एक विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको छ।

बैंकका प्रबन्ध सञचालक तथा प्रमुख कार्यकारी अधिकृत रामकुमार तिवारीले विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका सदस्यलार्ई एक कार्यक्रमबीच ती सामग्री हस्तान्तरण गरेका हुन्। विराटनगर महानगरपालिका वडा नं ७ स्थित आदर्श बालिका माध्यमिक विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीहरूका लागि बैंकले स्कुल ब्याग तथा शैक्षिक सामाग्री प्रदान गरेको हो ।

बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीले आदर्श बालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका सदस्यलाई एक कार्यक्रमका बिच उक्त सामाग्रीहरू हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा, प्रमुख सञ्चालन अधिकृत विकास आनन्द, प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रर्वद्धन अधिकृत रितेश अर्याल र बैंक तथा स्कुल समितिका अन्य उच्च पदाधिकारी र शिक्षकसमेतको उपस्थिति थियो। 

बैंकले शिक्षा क्षेत्रमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ। हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२३ एटीएम र १ कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आइरहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको