नेपाल एसबीआई बैंक लिमिटेडले सेयरधनीलाई आर्थिक वर्ष २०७६/७६ को मुनाफाबाट पारित नगद लाभांश लिन आग्रह गरेको छ।
बैंकले २०७६ मंसिर २९ गते सम्पन्न २६औं वार्षिक साधारणसभाबाट पारित १०.८४ प्रतिशत नगद लाभांश बुझिलिन आग्रह गरेको हो।
बैंकले सेयरधनीहरूलाई लाभांश प्राप्त गर्न डिम्याट खातामा बैंक खाता विवरण अद्यावधिक गर्न पनि भनेको छ। यसका लागि सेयरधनीले एक महीनाभित्र आफ्नो बैंक खाता नम्बर, नागरिकता र अन्य आवश्यक कागजातहरू तयार गरी नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडको कार्यालयमा सम्पर्क गर्नु पर्नेछ।
अन्यथा सो लाभांश रकम “कम्पनी ऐन २०६३“ को दफा १८२ बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने बैंकले जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस