Like us!
Follow us!
Connect us!
Watch us!

४५.९३ अकंले घटेको बजारमा यी कम्पनीको भयो उच्च कारोबार

अर्थ संसार

आइतबार, २३ मंसिर २०८१, १५ : ३१ मा प्रकाशित

४५.९३ अकंले घटेको बजारमा  यी कम्पनीको भयो उच्च कारोबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४५.९३ अकंले घटेर २६८९ बिन्दुमा कायम भएको छ । आज ३२१ कम्पनीको एक करोड ७३ लाख ९२ हजार कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४६ करोडको कारोबार भएको छ ।

बजार घट्दा आज । उच्च कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरको भएको छ। आज यो कम्पनीको ३२ करोड ६४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

यस्तै,रिभर फल्स पावरको १५ करोड ६८ लाख रुपैयाँ,खानीखोला हाइड्रोपावरको १३ करोड ७८ लाख रुपैयाँ,बेस्ट फाइनान्सको १२ करोड ९९ लाख रुपैयाँ,रसुवागढी हाइड्रोपावरको १२ करोड ८५ लाख रुपैयाँ र एक्सेल डेभलपमेन्ट बैंकको १२ करोड ५० लाख रुपैयाँको कारोबार भएको छ ।  

यसैगरी मितेरी डेभलपमेन्ट बैंकको १२ करोड ३ लाख रुपैयाँ,सप्तकोशी डेभलपमेन्ट बैंकको  ११ करोड ९४ लाख रुपैयाँ र मोलुङ हाइड्रोपावरको ११ करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको