Like us!
Follow us!
Connect us!
Watch us!

३१ प्रतिशतले बढ्यो विकास बैंकको नाफा,मुक्तिनाथ र गरिमा अग्रस्थानमा हुँदा कुनको अवस्था कस्तो ?

अर्थ संसार

मंगलबार, २५ मंसिर २०८१, १७ : १२ मा प्रकाशित

३१ प्रतिशतले बढ्यो विकास बैंकको नाफा,मुक्तिनाथ र गरिमा अग्रस्थानमा हुँदा कुनको अवस्था कस्तो ?

राष्ट्रियस्तरका  विकास बैंकहरुले चालु आर्थिक वर्षको कात्तिकसम्म २ अर्ब रुपैयाँ बढी नाफा आर्जन गरेका छन्।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार ८ विकास बैंकले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा २ अर्ब ३ करोड ११ लाख रुपैयाँ मुनाफा कमाएका हुन् । बैंकको नाफा गत आर्थिक वर्षको तुलनामा ३१.४२ प्रतिशत बढी हो । गत आवको सो अवधिमा बैंकहरुले १ अर्ब ५४ करोड ५४ लाख बढी नाफा कमाएका थिए ।

कुनको कति ?

समिक्षा अवधिमा मुक्तिनाथ विकास बैंकले सर्वाधिक नाफा कमाएको छ । सो अवधिको नाफा ३३.६८ प्रतिशत वृद्धि भई ४२ करोड २४ लाख रुपैयाँ पुगेको छ । गत आवको सोहि अवधिमा कम्पनीले ३१ करोड ६० लाख रुपैयाँ नाफा कमाएको थियो ।

सर्वाधिक नाफा वृद्धि गर्नेमा लुम्बिनी विकास बैंक रहेको छ । यसअवधिमा कम्पनीको नाफा ६२.२६ प्रतिशतले बढेर २९ करोड ३७ लाख रुपैयाँ पुगेको हो ।

गरिमा विकास बैंकले चार महिनामा ३६ करोड ८४ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफ गत आवको तुलनामा भने ५३.६ प्रतिशत बढी हो । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ३५ करोड ४३ लाख रुपैयाँ नाफा कमाएको छ ।

यता, लुम्बिनी विकास बैंकले पनि चार महिनामा २९ करोड ३७ लाख, कामना सेवाले २४ करोड ७१ लाख, महालक्ष्मी विकासले २० करोड १६ लाख र सांग्रिला डेभलपमेन्ट बैंकले १३ करोड ६८ लाख रुपैयाँ नाफा कमाएको छ ।

ज्योति विकासको नाफा ९४.०७ प्रतिशत घटेर ६६ लाख रुपैयाँमा समित भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको