Like us!
Follow us!
Connect us!
Watch us!

सालपा विकास बैंकले आईपीओ निष्कासन गर्ने

अर्थ संसार

विहीबार, ०१ फागुन २०८१, ११ : १० मा प्रकाशित

सालपा विकास बैंकले आईपीओ निष्कासन गर्ने

सालपा विकास बैंक लिमिटेडले साधारण सेयर (आईपीओ) ल्याउने भएको छ । आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव गर्दै बैंकले १३ औं साधारण सभा बोलाएको छ।

बैंकको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले यही फागुन २७ गते दिक्तेल रुपाकोटस्थित शुभम फाउन्डेसनको सभा हलमा बिहान ११ बजेदेखि सभा बोलाएको हो।

सभाले आईपीओ निष्कासन गर्ने र यसका लागि बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ। साथै गत आवको वार्षिक प्रतिवेदनहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमि निर्धारण गर्ने एजेण्डा पनि रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको