Like us!
Follow us!
Connect us!
Watch us!

एक महिनामा विकास बैंकको नाफा ८५ करोड, नम्बर वानमा शाइन रेसुङ्गा

अर्थ संसार

मंगलबार, ०१ असोज २०८१, १४ : २५ मा प्रकाशित

एक महिनामा विकास बैंकको नाफा ८५ करोड, नम्बर वानमा शाइन रेसुङ्गा

एक महिनामा विकास बैंकहरुले ८५ करोड बढी नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८१–८२ को साउन महिनाको तथ्याङ्कले यस्तो देखाएको हो । केन्द्रीय बैंकले एक महिनाको तथ्यांकअनुसार ६ वटा विकास बैंक घाटामा रहेको र ११ विकास बैंक नाफामा रहेको उल्लेख गरेको छ ।

एक महिनाको अवधिमा धेरै नाफा आर्जन गर्नेको पहिलो नम्बरमा साइन रेसुङ्गा डेभलपमेन्ट बैंक रहेको छ । सो बैंकले २० करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । साथै धेरै नाफा कमाउनेको दोस्रो सूचीमा मुक्तिनाथ विकास बैंक रहेको छ । सो बैंकले १६ करोड ९६ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

यस्तै, महालक्ष्मी विकास बैंकले १० करोड ५७ लाख, गरिमा विकास बैंकले ९ करोड ४६ लाख र कामना सेवा विकास बैंकले ८ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । साथै, ज्योति विकास बैंकले ८ करोड ३७ लाख, सांग्रिला डेभलपमेन्ट बैंकले, ६ करोड ८१ लाख, र लुम्बिनी विकास बैंकले ३ करोड ६३ लाख नाफा आर्जन गरेका छन् ।

त्यस्तै, सिन्धु विकास बैंकले ३१ लाख, सलपा विकास बैंकले २९ र कर्पोरेट डेभलपमेन्टले १६ लाख नाफा आर्जन गरेका छन् ।
त्यसैगरी, एक महिनाको अवधिमा सबैभन्दा धेरै घाटा बेहोर्नेमा एक्सेल डेभलपमेन्ट बैंक रहेको छ । सो बैंकले ६ करोड ३७ लाख रुपैयाँ घाटा बेहोरेको छ ।

ग्रिन डेभलपमेन्ट बैंकले ८६ लाख, सप्तकोशी डेभलपमेन्ट बैंकले ५४ लाख, नारायणी डेभलपमेन्ट बैंकले ५१ लाख, कर्णाली डेभलपमेन्ट बैंकले ४८ र मितेरी डेभलपमेन्ट बैंकले २२ लाख रुपैयाँ घाटा ब्यहोरेका छन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको