Like us!
Follow us!
Connect us!
Watch us!

वाणिज्य बैंकहरुबाट ८४ अर्ब बढी सेयर धितो कर्जा प्रवाह,सबैभन्दा धेरै लगानी गर्ने ग्लोबल आइएमई,अन्य कुन बैंकको कति ?

अर्थ संसार

बुधबार, २६ मंसिर २०८१, ११ : ३० मा प्रकाशित

वाणिज्य बैंकहरुबाट ८४ अर्ब बढी सेयर धितो कर्जा प्रवाह,सबैभन्दा धेरै लगानी गर्ने ग्लोबल आइएमई,अन्य कुन बैंकको कति ?

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको कात्तिकसम्म करिब ८५ अर्ब रुपैयाँ बढी सेयर धितो कर्जा (सेयर लोन) प्रवाह गरेका छन्।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार हाल सञ्चालनमा रहेका २० वटामध्ये १९ वटा वाणिज्य बैंकले ८४ अर्ब ६९ करोड २६ लाख रुपैयाँ  सेयर धितो कर्जा प्रवाह गरेका हुन्।

अघिल्लो वर्ष यही अवधिसम्म बैंकहरुले ६३ अर्ब ६० करोड ३ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका थिए । अघिल्लो वर्षको तुलनामा १४ वटा बैंकबाट जाने सेयर धितो कर्जा बढेको छ भने ५ वटाको घटेको छ ।

कुन बैंकबाट कति ?

४ महिनामा सबैभन्दा धेरै सेयर धितो कर्जा प्रवाह गर्ने बैंकहरु मध्ये पहिलो नम्बरमा ग्लोबल आइएमई बैंक रहेको छ । यो बैंकबाट ११ अर्ब १५ करोड ७७ लाख रुपैयाँ सेयर धितो कर्जा गएको छ ।अघिल्लो वर्षको तुलनामा यो बैंकको सेयर लोन बढेको छ।

दोस्रो नबिल बैंक रहेको छ । यो वर्षको कात्तिकसम्म नबिलले ११ अर्ब १४ करोड ७८ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्षको तुलनामा यो बैंकको सेयर लोन बढेको छ।

त्यस्तै,कुमारीबाट ८ अर्ब ३१ करोड १५ लाख,सिद्धार्थ बैंकबाट ७ अर्ब ९१ करोड २० लाख, नेपाल बैंकबाट ७ अर्ब ६८ करोड ९३ लाख, सिटिजन्स बैंकबाट ५ अर्ब ५७ करोड ५२ लाख, प्राइम कमर्सिल बैंकबाट ५ अर्ब ५२ करोड ३५ लाख र लक्ष्मी सनराइज बैंकबाट ४ अर्ब १४ करोड २६ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको छ । अघिल्लो वर्षको तुलनामा यी बैंकबाट प्रवाह भएको  सेयर लोन बढेको छ।

त्यस्तै ,यो अवधिसम्म राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ९८ करोड १८ लाख, प्रभु बैंकले ३ अर्ब ५८ करोड ६८ लाख र एनआईसी एसिया बैंकबाट २ अर्ब ८० करोड १३ लाख रुपैयाँ सेयर धितो कर्जा दिएका छन्। अघिल्लो वर्षको तुलनामा यी तीनैवटा बैंकबाट गएको सेयर लोन घटेको छ।

यो वर्ष कात्तिकसम्म एभरेष्ट बैंकबाट २ अर्ब ३३ करोड १ लाख रुपैयाँ र सानिमाबाट १ अर्ब ९५ करोड ७६ लाख रुपैयाँ गएको छ । अघिल्लो वर्षको तुलनामा यी बैंकबाट प्रवाह भएको  सेयर लोन बढेको छ।

यसैगरी,हिमालयन बैंकले १ अर्ब ८७ करोड ८ लाख रुपैयाँ र नेपाल इन्भेस्टमेन्ट बैंकले १ अर्ब ८२ करोड ९ लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन् । त्यस्तै यो वर्ष कात्तिकसम्म कृषि विकास बैंकबाट १ अर्ब ७६ करोड १ लाख, एनएमबि बैंकबाट १ अर्ब ६८ करोड ५६ लाख , माछापुच्छ्रे बैंकबाट ९६ करोड ३० लाख र नेपाल एसबीआई बैंकबाट ४७ करोड ४५ लाख सेयर धितो कर्जा प्रवाह भएको छ । अघिल्लो वर्षको तुलनामा यी चारवटै बैंकको सेयर लोन  बढेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको