Like us!
Follow us!
Connect us!
Watch us!

कर्जा विस्तार गर्न बैंकहरु किन भए असफल ? यस्तो भन्छन् विज्ञ

अर्थ संसार

मंगलबार, २५ मंसिर २०८१, १३ : ०५ मा प्रकाशित

कर्जा विस्तार गर्न बैंकहरु किन भए असफल ? यस्तो भन्छन् विज्ञ

बैंकमा पैसा थुप्रिँदा ब्याजदर एकल अंकमा झरेको छ । ब्याजदर एकल अंकमा हुँदा पनि सरकारी वित्तमा सुधार हुन नसक्दा बैंक तथा वित्तीय संस्थामा अपेक्षित रूपमा कर्जा माग बढ्न सकेको छैन । 

कर्जा विस्तार अत्यन्त न्यून भएपछि करिब आधा दर्जन बैंकहरुको व्यवसाय खुम्चिएको छ । पछिल्लो ४ महिनामा ६ वटा बैंकको व्यवसाय थप घटेको हो । यस्तै, समग्रमा हेर्दा पनि कर्जा प्रवाहको दर सुस्त गतिले मात्र बढेको देखिन्छ । 

यहि बिषयमा अर्थसंसारसँग कुरा गर्दै बैंकिङ विज्ञ अनल राज भट्राइले बैंकको आफ्नै पुँजीमा दबाब भएकाले बैंकहरुले कर्जा विस्तार गर्न नसकेको विचार राखेका छन् । 

उनका अनुसार अहिले लगानी गर्ने सहि क्षेत्रमा सबैलाई डाउटभएकाले पनि कर्जा विस्तार हुन नसकेको हो । 

उनी भन्छन् ‘कर्जा विस्तार नहुनुमा एउटा त बैंकको आफ्नै क्यापिटलमा दबाब छ । खराब कर्जा बढेर पुँजीमा दबाब छ  । असल कर्जा बिग्रिदै गर्दा पुँजीमा दबाब हुन्छ  त्यसले गर्दा बैंकले लोन दिनै सक्दैन् अर्कोतर्फ डिमाण्ड नै छैन् । व्यवसायी र उपभोक्ताले लिने कर्जाको पनि डिमाण्ड चाँही छैन् ।’

भट्राईले सेयर बजारले अगामी यात्रा कतातिर लैजान्छ भन्ने कुनै आधार नहुँदा पनि कर्जा लगानी नभएको बताए ।

‘अहिले नैराश्यता के छ भने कुन क्षेत्र चाँही सहिलगानी गर्ने क्षेत्र  हो भन्ने  सबैलाई डाउट छ । नै थाहा छैन् । घरजग्गामा स्थिर छैन् मूल्य घट्दै गइरहेको छ । स्टक मार्केट पनि एउटा लेबलमा बसिराछ त्यसले कस्तो बाटो समाउछ भन्ने क्ल्यिर छैन् यी कारणले सस्तो लोन भएपनि लगानी गरिहाल्ने भन्ने हिम्मत व्यवसायीहरुमा छैन् ।’ 

यसअवधिमा कर्जा विस्तारसँगै केही बैंकको निक्षेप संकलन पनि घटेको छ ।

४ महिनाको अवधिमा ३ वटा बैंकको निक्षेप संकलन पनि घटेको छ । तथापि, समग्रमा सबै बैंकहरुको निक्षेप संकलन भने २.५९ प्रतिशतले बढेको छ । कात्तिक मसान्तसम्ममा बैंकहरुले ५९ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् ।  गत असारमा बैंकहरुको निक्षेप संकलन ५७ खर्ब ५४ अर्ब रुपैयाँ थियो । यता, ४ महिना अवधिमा २० वाणिज्य बैंकहरुको कर्जा लगानी पनि २.३८ प्रतिशतले बढेर ४६ खर्ब ७९ अर्ब रुपैयाँ पुगेको छ । 

पूर्व गर्भनर तथा अर्थविद् दिपेन्द्र बहादुर क्षत्रीले भाखा नाघेको कर्जा बढीराखेकाले पनि लोन विस्तार भएन् र उत्पादन र सेवा बजारमा खपत गर्न नसक्ने अवस्था हुँदा यो अवस्था आएको बताए । 

उनका अनुसार सरकारले मात्रै राजश्व नउठेका कारण प्रशासन चलाउन लोन लिइराखेको छ । 

उनले भने, ‘भाखा नाघेको कर्जा बढीराखेकाले, उत्पादन र सेवा बजारमा खपत गर्न नसक्ने अवस्था हुँदा लोन प्रभावमा प्रतिकुलता देखिएको छ तर, बैंकहरुलाई भने यसले खासै प्रभाव पर्दैन् । राष्ट्र बैंकले लिइदिराखेको छ ।’ 

क्षत्रीका अनुसार राष्ट्र बैंकमा रहेको तरलता प्रयोग गर्न नसकिने हो भने कागजको खोस्टो मात्रै हो । 

‘राष्ट्र बैंकमा रहेको तरलता त युज हुँदैन भने राष्ट्र बैंकको नाफा नोक्सानमा तलमाथी पार्नुबाहेक त्यो एक कागजको खोस्टो मात्रै हो । यो अवस्था चाँही बजारले गती लिन नसकेकाले आएको देखिन्छ ।’   

क्षत्रीले दुर्गा प्रसाँईको पछी लागेपछी ऋण मिनाहा हुन्छ भन्ने कम्जोर प्रवृतीका कारण पनि ऋण लिनुअघि सोच्नुपर्ने अवस्था सृजना भएको बताए । 

‘अझै पनि कतिपय ऋणीलाई दुर्गा प्रर्साँइको पछी लागेपछी ऋण मिनाहा हुन्छ भन्ने पनि छ  । यो कम्जोरी सरकारके पनि हो । सार्वभौमीक सरकारको प्रधानमन्त्री भनेर जान्छन् प्रस्ताव लिने बेलामा ऋणी होइन अनुदान चाहिँछ भनेर माग्छन् । यो दुर्गा प्रसाई र सरकारमा फरक भने छैन् । यो हिसाबले अर्थतन्त्र चल्ने र चलाउने अवस्था रहँदासम्म ऋण लिन एकचोटी सोच्नुपर्ने अवस्था छ ।’ 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको