Like us!
Follow us!
Connect us!
Watch us!

अब दिल्लीका महिलाले मासिक २१ सय पाउने छन्ः केजरीवाल

अर्थ संसार

विहीबार, २७ मंसिर २०८१, २१ : ३९ मा प्रकाशित

अब दिल्लीका महिलाले मासिक २१ सय पाउने छन्ः केजरीवाल

आम आदमी पार्टी (आप) का प्रमुख अरविन्द केजरीवालले बिहीबार दिल्लीमा महिलाहरूलाई मासिक १००० रुपैयाँ सहायता प्रदान गर्न मुख्यमन्त्री महिला सम्मान योजना सुरु गर्ने घोषणा गरेका छन ।

आज भएको सो घोषण कार्यक्रममा बोल्दै मुख्यमन्त्री केजरीवालले सो रकम चुनाव पछि बढाएर २१०० रुपैयाँसम्म पुर्‍याउने घोषणा पनि गरेका छन । जुनयोजना२०२४–२५ को बजेटमा २० हजार करोड रूपैयाँको आवंटनमा घोषणा गरिएको थियो। 

दिल्लीका आधिकारिक मतदाताहरूले मात्र महिला सम्मान योजनाको फाइदा लिन सक्छन्। वार्षिक २ लाख ५० हजार वा सोभन्दा कम आम्दानी भएका महिलाहरूले मात्र यो योजनाको लाभ लिन सक्नेछन्। 

समाजका आर्थिक रूपमा कमजोर महिलाले मात्रै यसको फाइदा पाउन सरकार लागि परेको छ । यो योजनाको फाइदा लिन महिलाको न्यूनतम उमेर १८ वर्ष तोकिएको छ । अधिकतम उमेर सीमा ८० वर्ष हो। यदि महिलासँग चार पाङ्ग्रे सवारी साधन छ भने उनले यो योजनाको लाभ पाउने छैनन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको