Like us!
Follow us!
Connect us!
Watch us!

चार महिनामा १०७ खर्ब बढी तरलता प्रशोचन : राष्ट्र बैंक

अर्थ संसार

सोमबार, ०१ पुस २०८१, ०५ : ४९ मा प्रकाशित

चार महिनामा १०७ खर्ब बढी तरलता प्रशोचन : राष्ट्र बैंक

 आर्थिक शिथिलताका कारण व्यवसायिक मनोबल कमजोर हुँदा ऋणी नभेटिएपछि नेपाल राष्ट्र बैंकले चालु आव २०८१/८२ को ४ महिनामा १०७ खर्ब ७५ अर्ब रुपैयाँ बराबरको तरलता प्रशोचन गरेको छ ।

केन्द्रीय बैंकले निक्षेप संकलन बोलकबोलमार्फत ८ खर्ब ७ अर्ब ३० करोड र स्थायी निक्षेप सुविधामार्फत ९९ खर्ब ६८ अर्ब ६५ करोड गरी कुल १०७ खर्ब ७५ अर्ब ९५ करोड रूपैयाँ (कारोबारमा आधारित) तरलता प्रशोचन गरेको हो ।

अघिल्लो वर्षको सोही अवधिमा ओभरनाइट तरलता सुविधा र स्थायी तरलता सुविधा लगायतका उपकरणहरुमार्फत खुद ५ खर्ब १४ अर्ब ११ करोड तरलता प्रवाह गरिएको थियो । समीक्षा अवधिमा राष्ट्र बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर १ अर्ब ९२ करोड खुद खरिद गरी २ खर्ब ५७ अर्ब १५ करोड रुपैयाँ तरलता प्रवाह गरेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर १ अर्ब ७५ करोड खुद खरिद गरी २ खर्ब ३२ अर्ब ७७ करोड तरलता प्रवाह गरिएको थियो । समीक्षा अवधिमा अमेरिकी डलर १ अर्ब २० करोड बिक्री गरी १६ खर्ब १ अर्ब ४८ करोड रूपैयाँ बराबरको भारतीय रुपैयाँ खरिद भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर १ अर्ब २ करोड बिक्री गरी १ खर्ब ३५ अर्ब ५१ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको