Like us!
Follow us!
Connect us!
Watch us!

७३ प्रतिशतले घट्यो अन्तरबैंक कारोबार ,ब्याजदर २.९१ प्रतिशत

अर्थ संसार

सोमबार, ०१ पुस २०८१, १० : १० मा प्रकाशित

७३ प्रतिशतले घट्यो अन्तरबैंक कारोबार ,ब्याजदर २.९१ प्रतिशत

चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म अन्तर–बैंक कारोबार (सापटी) जम्मा ५ खर्ब ३२ अर्ब १० करोड रुपियाँ भएको छ । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा ७३ प्रतिशतले कम हो । 

बजारमा कर्जाको माग नै नहुँदा बैंकहरुले चालु आर्थिक वर्षको ४ महिनामा अन्तर बैंक कारोबार घटाएका हुन् । समीक्षा अवधिमा वाणिज्य बैंकहरुले ४ खर्ब ७० अर्ब ३० करोड रुपियाँ अन्तर–बैंक कारोबार गर्दा अन्य वित्तीय संस्थाहरुले जम्मा ६१ अर्ब ८० करोड रुपियाँ मात्र कारोबार गरेका छन् । 

अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको १७ खर्ब ४३ अर्ब ९४ करोड र अन्य वित्तीय संस्थाहरुको २ खर्ब १४ अर्ब ८७ करोड गरी कुल १९ खर्ब ५८ अर्ब ८६ करोडको अन्तर बैंक कारोबार भएको थियो । गत आव २०८०/८१ मा बैंक तथा वित्तीय संस्थाहरुले ४२ खर्ब २६ अर्ब ४८ करोडको अन्तर–बैंक कारोबार भएको थियो ।

यस वर्ष बैंक तथा वित्तीय संस्थाहरुबीचको अन्तर–बैंक कारोबारको भारित औसत ब्याजदर भने ०.५६ प्रतिशत विन्दुले घटेर २.९१ प्रतिशतमा झरेको छ । २०८० कात्तिकमा ३.४७ प्रतिशत रहेको अन्तर–बैंक ब्याजदर २०८१ कात्तिकमा २.९१ प्रतिशत कायम भएको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको