Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय स्वार्थलाई ध्यानमा राखेर मात्रै विदेशी ऋण लिन्छौं: सञ्चारमन्त्री गुरुङ

अर्थ संसार

सोमबार, ०१ पुस २०८१, १३ : ४९ मा प्रकाशित

राष्ट्रिय स्वार्थलाई ध्यानमा राखेर मात्रै विदेशी ऋण लिन्छौं: सञ्चारमन्त्री गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विदेश तथा विदेशी एजेन्सीहरुसँग नेपालले ऋण लिँदा नेपालको राष्ट्रिय स्वार्थमा आधारित भएर लिनुपर्ने बताएका छन् ।

कतिपय अवस्थामा बाहिरका देश तथा एजेन्सीहरुले ऋणका लागि आफ्नै सर्त र स्वार्थ अगाडि सार्ने भए पनि नेपालले भने आफ्नो राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर ऋण लिनु आवश्यक रहेको उनले बताए ।

मन्त्री गुरुङले हालको अवस्थामा नेपालले सहुलियतपूर्ण ऋण लिँदा लामो समयदेखि थाती रहेका पूर्वाधार संरचनालाई सम्पन्न गर्नका लागि ऋण लिनु आवश्यक रहेको पनि  औंल्याए । विदेशी निकायले विभिन्न शीर्षकमा ऋण दिने गरे पनि नेपाल सरकारले आफ्नो राष्ट्रिय स्वार्थलाई नै केन्द्रमा राखेर मात्रै ऋण लिने गरेको उनले बताए ।

नेपालमा रोजगारी सिर्जना गर्ने, पूर्वाधार संरचना निर्माण हुने वा आर्थिक उन्नति गर्ने विषयलाई मात्रै ध्यानमा राखेर विदेशी निकायले दिएको ऋण लिनुपर्ने उनले बताएका थिए । यसका लागि वर्तमान सरकारले ध्यान दिइरहेको मन्त्री गुरुङले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको