Like us!
Follow us!
Connect us!
Watch us!

अघिल्लो सरकारले कोमामा पुर्‍याएको अर्थतन्त्र आईसीयूमा ल्याएका छौं : पृथ्वीसुब्बा गुरुङ

अर्थ संसार

विहीबार, १७ माघ २०८१, १३ : ५५ मा प्रकाशित

अघिल्लो सरकारले कोमामा पुर्‍याएको अर्थतन्त्र आईसीयूमा ल्याएका छौं : पृथ्वीसुब्बा गुरुङ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले कोमामा रहेको अर्थतन्त्रलाई आईसीयूमा ल्याइसकेको भन्दै अब छिटै लयमा फर्काउने बताएका छन् ।

काठमाडौंमा बिहीबार नेपाल चेम्बर एक्स्पोको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

आफूहरु सरकारमा आउँदा अर्थतन्त्र कोमामा रहेको र अहिलेको सरकारले आइसीयुमा ल्याएको उल्लेख गर्दै उनले अब छिटै नै लयमा फर्किने दाबी गरे ।

उनले अर्थतन्त्रलाई लयमा फर्काउने उद्देश्यले नै अहिले कानूनी र नीतिगत क्षेत्रमा रहेका समस्या समाधानका लागि अध्यादेश ल्याइएको स्पष्टीकरण दिए । आईटी क्षेत्रलाई उद्योगको रुपमा स्थापित गर्न पनि अध्यादेशमा व्यवस्था गरिएको उनको भनाइ छ ।

मन्त्री गुरुङले जिडिपीमा डिजिटल इकोनोमीबाट ३ प्रतिशत सहयोग होस् भन्ने अपेक्षा सरकारले गरेको बताउँदै अध्यादेशले यसको प्रबन्ध गरेको र आईटी क्षेत्रको विकासमा महत्वपूर्ण योगदान हुने विश्वास लिएको बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको