Like us!
Follow us!
Connect us!
Watch us!

कांग्रेस–एमालेबिच भएको सहमति तलमाथि हुँदैन - पृथ्वीसुब्बा गुरुङ

अर्थ संसार

शुक्रबार, २६ पुस २०८१, १२ : ४४ मा प्रकाशित

कांग्रेस–एमालेबिच भएको सहमति तलमाथि हुँदैन - पृथ्वीसुब्बा गुरुङ

सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले कांग्रेस–एमालेबिच भएको सहमति अनुसार नै संविधान संशोधनको प्रक्रिया अघि बढ्ने बताएका छन् । 

शुक्रबार सिंहदरबारमा मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्दै प्रवक्ता गुरुङले संविधान संशोधनका विषयमा कांग्रेस–एमालेबिच भएको सहमति तलमाथि नहुने बताएका हुन् । 

उनले संविधान संशोधनका लागि पुरा गर्नुपर्ने प्रक्रिया लामो हुन सक्ने भएकाले केही समय लाग्न सक्ने संकेत मात्रै प्रधानमन्त्रीले अभिव्यक्त गरेको हुन सक्ने उनले बताए । प्रवक्ता गुरुङले संविधान संशोधन गर्नुपर्ने कारणहरू पहिचान गरेर दुई दलले संशोधनको विषय किटान गर्ने र त्यसपछि उक्त विषयमा अन्य दलहरूसँग छलफल गरिने धारणा राखे ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको