Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल सरकारको स्वदेशी वस्तु प्रयोग अनिवार्य गर्ने निर्णयको नेपाल उद्योग परिसंघले स्वागत

अर्थ संसार

विहीबार, ०४ पुस २०८१, ०८ : ४६ मा प्रकाशित

नेपाल सरकारको स्वदेशी वस्तु प्रयोग अनिवार्य गर्ने निर्णयको नेपाल उद्योग परिसंघले स्वागत

नेपाल सरकारले सार्वजनिक निकायमा स्वदेशी वस्तुहरूको प्रयोग अनिवार्य गर्ने निर्णयलाई नेपाल उद्योग परिसंघले हार्दिक स्वागत जनाएको छ। यस निर्णयले स्वदेशी उत्पादनको प्रवद्र्धनमा ठूलो योगदान पुर्याउने विश्वास परिसंघको छ।

उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयको सिफारिसमा नेपाल सरकारले मंसिर २८ गतेको मन्त्रिपरिषद् बैठकबाट ‘सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग गर्ने निर्देशिका २०८१’ पारित गरेको हो। यसले नेपाल उद्योग परिसंघ र समग्र निजी क्षेत्रलाई उत्साहित बनाएको छ। परिसंघले २०७८ असार १० गते मेक इन नेपाल स्वदेशी अभियान सञ्चालन गर्ने सन्दर्भमा सरकारसँग साँझेदारीपत्रमा हस्ताक्षर गरेको थियो।

स्वदेशी उत्पादन, उपभोग, र निर्यातको प्रबद्र्धन गर्नका लागि सरकारको यो कदम एक महत्वपूर्ण मोड मानिएको छ। परिसंघको अनुसार, सरकारको सहयोगले स्वदेशी वस्तुहरूको उत्पादन र प्रयोगमा नयाँ गति आउने विश्वास छ।

नेपाल सरकारको यस निर्णयले स्वदेशी वस्तुहरूको प्रयोगलाई प्रोत्साहन गर्दै मेक इन नेपाल अभियानका लक्ष्य हासिल गर्न महत्वपूर्ण भूमिका खेल्ने परिसंघको विश्वास छ। यसै क्रममा, परिसंघले स्वदेशी वस्तुहरूको प्रयोग अनिवार्य गर्ने निर्देशिका पूर्ण रूपमा लागू गर्न सरकारसँग अनुरोध गरेको छ।

परिसंघले स्वदेशी वस्तुहरूको प्रबद्र्धन गर्न विभिन्न नीतिगत सुझावसहित बिजनेश टू बिजनेस (B2B) पोर्टल सञ्चालन गर्दै आएको छ र हाल संयुक्त राष्ट्रसंघ पूँजी विकास कोष (UNCDF) को “अगोरा” प्लेटफर्मसँग जोडेर स्वदेशी वस्तुहरूको प्रवद्र्धनमा कार्यरत छ।

अर्को कदमका रूपमा, परिसंघले स्वदेशीको सामूहिक टे«डमार्क पनि प्राप्त गरेको जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको