सेतीखोला हाइड्रोपावर लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
कम्पनीले आईपीओ निष्कासन गर्ने प्रस्तावसहित यही पुस २८ गते आइतबार नवौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको कान्तिपथस्थित कम्पनीको आफ्नै रजिष्टर्ड कार्यालयमा बिहान साढे ११ बजेदेखि सभा बस्ने निर्णय गरेको हो।
सभाले प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गर्ने प्रस्ताव पारित गर्नेछ। त्यस्तै गत आवको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ।
प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने र सञ्चालक समितिको गठन गर्ने विशेष प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस