Like us!
Follow us!
Connect us!
Watch us!

सस्तोमा जुत्ताचप्पल किन्ने हो ? भृकुटी मण्डपको जुत्ता मेलामा १५ प्रतिशतसम्म छुट [फोटोफिचर]

शनिबार, १५ पुस २०७४, ०५ : ३० मा प्रकाशित

सस्तोमा जुत्ताचप्पल किन्ने हो ? भृकुटी मण्डपको जुत्ता मेलामा १५ प्रतिशतसम्म छुट [फोटोफिचर]

अर्थ संसार, काठमाडौं– सस्तोमा नेपाली जुत्ता किन्न चाहनु हुन्छ ? भृकुटी मण्डपमा लागेको जुत्ताचप्पले मेला गएर किन्न सक्नुहुनेछ । राजधानीको भृकुटी मण्डपमा फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालले स्वदेशी उत्पादनलाई प्रोत्साहित र प्रवद्र्धन गर्न यही पुस १३ देखि जुत्ताचप्पल तथा छालाजन्य वस्तुहरुको राष्ट्रिय औद्योगिक प्रदर्शनी भैरहेको छ ।

‘आत्मनिर्भरताको आधार, स्वदेशी बस्तुको प्रयोग’ नारासहित मेला  प्रदर्शनी भैरहेको छ ।  प्रदर्शनी अवधिभर प्रदर्शनी स्थलबाट खरिद गरिएका जुत्ताचप्पल र बस्तुहरुमा १५ प्रतिशत सम्म छुटको व्यवस्था गरिएको छ ।

नयां डिजाइनका जुत्ताचप्पल तथा छालाजन्य वस्तुहरु अवलोकन गर्ने अवसर प्राप्त हुनेछ ।  नेपालभरि छरिएर रहेका उद्योगहरुबाट उत्पादन भएका जुत्ताचप्पल तथा छाला जन्य बस्तुहरु उपभोक्ताहरुले एउटै छानामुनि अवलोकन तथा छनौट गरि प्रतिस्पर्धी मुल्यमा खरीद गर्ने अवसर मेलामा प्राप्त हुने आयोजकले दावी गरेको छ ।

प्रदर्शनी अवधिभर निःशुल्क स्वास्थ्य शिविरको ब्यवस्था पनि मिलाईएको छ । शारिरीक अशक्तता तथा जेष्ठ नागरिकहरुको लागी निशुल्क प्रबेशको ब्यवस्था मिलाइएको छ ।  स्कुल तथा कलेज बाट अवलोकनका लागी यूनिफर्ममा आउने बिद्यार्थीहरुलाई निशुल्क प्रवेशको ब्यवस्था गरेको आयोजकले जनाएको छ । 

मेलामा १० वटा प्रायोजकहरुको भब्य पेभिलियनसहित १ सय ३५ वटा स्टलहरु प्रतिस्पर्धात्मक रुपमा रहेका छन् ।  प्रदर्शनी अवधिभर उपभोक्ताहरुले प्रदर्शनीमा राखिएका बस्तुहरु अवलोकन गरि मूल्याङ्कन एवं तुलनात्मक रुपमा छनौट गरी सुपथ मुल्यमा बस्तुहरु खरीद गर्ने अवसर पाएको  आयोजक संस्थाका अध्यक्ष रविन श्रेष्ठले बताए ।

यस प्रदर्शनीमा प्रदर्शनी हलभित्रै छुटै स्टेज बनाई दैनिक रुपमा फेशन शोको आयोजना समेत गरिएको छ । त्यसमा चलेका उत्कृष्ट डिजाइनका जुत्ताचप्पलहरु तथा छालाजन्य बस्तुहरु बिभिन्न चर्चित मोडलले र्याम्पमा प्रस्तुत गरिनेछ ।

  प्रदर्शनीमा सामुहिक डिस्प्लेको ब्यवस्था मिलाईएको आयोजकले जनाएको छ । यसमा सवै सहभागी ब्राण्डहरुको प्रदिर्शत बस्तुहरु मध्येबाट उत्कृष्ट डिजाईनका जुत्ताचप्पल तथा छालाजन्य बस्तुहरु प्रदर्शनीमा राखिएका छन ।

जसमा जेन्ट्स तथा लेडिज फूटवेयरमध्येबाट १/१ वटाडिजाइन र छालाजन्य बस्तुहरुमध्येबाट एवटा डिजाइनलाई उत्कृष्टको रुपमा छनौट पुरस्कस्कृत गरिने  छ ।

प्रदर्शनीको गोल्डेन स्पोन्सरमा गोल्डस्टार जुत्ताको उत्पादक किरण शुज म्यानुफ्याक्चर्स, सिल्भर स्पोन्सरमा रोयल शुज इण्डष्ट्रिज, र जयश्री पीयूटेक, स्पोन्सर एममा .कोसेली छाला जुत्ता उद्योग, केडी सुज ईण्डष्ट्रि, र एक्सन पोलिमर, को–स्पोन्सरमा नेपाल लेदर क्राफ्ट, ब्लाकहर्स ईण्डष्ट्रिज, लालीगुंरास फूटवेयर, यती पोलिकेमलगायत छन् । प्रदर्शनीमा १ लाखभन्दा बढी उपभोक्ताहरुले प्रत्यक्ष अवलोकन गर्ने अपेक्षा आयोजकको छ ।,

 

5a4658d61c967.jpg 5a4658d74bc1c.jpg 5a4658d86cc62.jpg 5a4658dd314a8.jpg 5a4658df74e6c.jpg 5a4658dff1341.jpg 5a4658e249520.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको