Like us!
Follow us!
Connect us!
Watch us!

बैंकिङ प्रणालीबाट आज ६० अर्ब तान्दै राष्ट्र बैंक

अर्थ संसार

आइतबार, ०७ पुस २०८१, ११ : २८ मा प्रकाशित

बैंकिङ प्रणालीबाट आज ६० अर्ब तान्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीबाट ६० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ ।

बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएसँगै राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत २१ दिनका लागि ६० अर्ब रुपैयाँ प्रशोचन गर्न लागेको हो ।  यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।

यो २१ दिने निक्षेप संकलन उपकरणको पुस २८ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको