Like us!
Follow us!
Connect us!
Watch us!

नगरकोट रिसोर्टले आइपीओ निष्कासन गर्ने

अर्थ संसार

सोमबार, ०८ पुस २०८१, ११ : ५६ मा प्रकाशित

नगरकोट रिसोर्टले आइपीओ निष्कासन गर्ने

नगरकोट रिसोर्ट लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले आइपीओ निष्कासनप्रस्ताव सहित पुस २८ गते वार्षिक साधारण सभा बोलाएको हो । सभा कम्पनीको कार्यालयमा बिहान ९ बजे सुरु हुनेछ । 

सभामा कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्ताव पेश गर्नछ । साथै,आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ । योसँगै आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको