हिमालयन पावर पार्टनर लिमिटेडले पुस २९ गते साधारणसभा बोलाएको छ । हिमालयन पावर पार्टनर लिमिटेडले पुस २९ गते साधारणसभा बोलाएको छ ।
सभा, डेलीस अपेरा रोष्ट्रो एन्ड बैंक्वेट काठमाडौंमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।
सभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गर्नुका साथै प्रबन्धपत्र तथा नियमावली र सञ्चालकहरुको नियुक्ती अनुमोदन पनि गर्नेछ । योसँगै सभाले ५० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ ।
यस वर्ष कम्पनीले कुनै पनि लाभांश वितरणको प्रस्ताव गरेको छैन् । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १७ गते बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस १६ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा भाग लिन योग्य हुनेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस