Like us!
Follow us!
Connect us!
Watch us!

पाँच महिनामा सेयर लगानीकर्ताले तिरे ९ अर्ब २० करोड पुँजीगत लाभकर, कुन महिनामा कति ?

अर्थ संसार

सोमबार, ०८ पुस २०८१, १४ : १४ मा प्रकाशित

पाँच महिनामा सेयर लगानीकर्ताले तिरे ९ अर्ब २० करोड पुँजीगत लाभकर, कुन महिनामा कति ?

चालु आर्थिक बर्ष २०८१/८२ को पहिलो पाँच महिनामा ९ अर्ब २० करोड ३२ लाख रुपियाँ बराबरको पुँजीगत लाभकर उठेको छ । 

सिडिएस एन्ड क्लियरिङ लिमिटेडको तथ्यांकअनुसार यो अवधिमा उठेको पूँजीगत लाभकर गत आर्थिक बर्षभरीकै भन्दा पनि धेरै हो । गत आर्थिक बर्षभरमा ५ अर्ब ५० करोड ७७ लाख रुपियाँ पुँजीगत लाभकर उठेको थियो । 

कुन महिनामा कति ? 

चालु आर्थिक बर्ष २०८१/८२ को साउन महिनामा मात्रै सरकाले पुँजी बजारका लगानीकर्ताबाट ४ अर्ब २३ करोड ७८ लाख रुपैयाँभन्दा बढी पुँजीगत लाभकर संकलन गरेको थियो । 

यस्तै,भदौमा २ अर्ब ५७ करोड ९४ लाख ८० हजार रुपियाँ,असोजमा ५८ करोड ६५ लाख ४० हजार रुपियाँ,कात्तिकमा ७५ करोड ८७ लाख ८१ हजार रुपियाँ र मंसिर महिनामा १ अर्ब ४ करोड ६ लाख २३ हजार रुपियाँ पूँजीगत लाभकर उठेको छ । 
सेयर कारोबारमा भएको नाफाबाट लगानीकर्ताहरुले सरकारलाई सो बराबरको पूँजीगत लाभकर तिरेका हुन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको