Like us!
Follow us!
Connect us!
Watch us!

पैसा धेरै भएपछि बैंकिङ प्रणालीबाट ४० अर्ब खिच्दै केन्द्रीय बैंक

अर्थ संसार

मंगलबार, ०९ पुस २०८१, ११ : ०८ मा प्रकाशित

पैसा धेरै भएपछि बैंकिङ प्रणालीबाट ४० अर्ब खिच्दै केन्द्रीय बैंक

बैंकहरुमा अधिक तरलता भएपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट निरन्तर तरलता खिच्न थालेको छ। बैंकले मंगलबार पनि बैंकिङ प्रणालीबाट थप ४० अर्ब रुपैयाँ खिच्न लागेको छ ।

निक्षेप संकलन उपकरण बोलकबोल मार्फत मंगलबार ४० अर्ब तरलता खिच्न लागिएको केन्द्रीय बैंकले जनाएको छ ।  यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।

यो १२ दिने निक्षेप संकलन उपकरणको पुस २१ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको