नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले वर्तमान सरकार सञ्चालनले जनता सन्तुष्ट नभएको टिप्पणी गरेकी छन् ।
रिपोर्टस क्लब नेपाल लुम्बिनी प्रदेशले बुटबलमा आयोजना गरेको साक्षात्कारमा उनले यस्तो बताएकी हुन् ।
नेतृ संग्रौलाले जुन उद्देश्यका साथ सरकार गठन भएको हो, त्यो उद्देश्य पूरा गर्न सरकार सफल नभएको जिकिर गरिन् । उनले तत्काल संविधान संसोधनको प्रक्रिया अगाडी बढाउँनुपर्ने कुरामा जोड दिईन् ।
काँग्रेसले सञ्चालन गरेको १०० दिने अभियानको क्रममा जनतासँग पुग्दा जनताले विकासको अनुभुति नगरेको, सरकार सञ्चालनमा भएकाहरु अल्मलिएको पाईएको उनको भनाइ छ । काँग्रेसले सञ्चालन गरेको अभियान संगठनलाई मजवुद बनाउन, जनतासँग नेताहरु पुगी समस्या पहिल्याउन र समाधान गर्नका लागि देशभर प्रतिनिधी खटाई क्रियाशिल सदस्यता वितरणको काम गरिरहेको उनले बताईन् । क्रियाशिल सदस्यता वितरणको काम सुरु भएसँगै महाधिवेशनको तयारी सुरु भएको उनको भनाई छ । उनले समयमै काँग्रेसको महाधिवेशन हुने कुरामा विश्वस्त भएको बताईन् । वर्तमान सत्ता गठबन्धन सत्ताको लागि मात्र होईन, अस्थिरता अन्त्यसँगै संविधान संशोधनकै लागि भएको संग्रौलाले बताईन् । संविधान संशोधनमा निर्वाचन प्रणााली सहितका संरचना संशोधन गर्नका लागि प्रक्रिया अगाडि बढेको बताईन् । वर्तमान सरकार विधिको शासनलाई पालना गर्दै स्टन्टबाजी गर्ने, भष्ट्राचार गर्नेलाई कारबाही गर्ने कुरामा दृढ हुनुपर्ने उनको भनाइ छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस