Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा समृद्धि योजनाको इकाईमा आवेदन दिने आज अन्तिम दिन

अर्थ संसार

विहीबार, ११ पुस २०८१, १० : २० मा प्रकाशित

गरिमा समृद्धि योजनाको इकाईमा आवेदन दिने आज अन्तिम दिन

गरिमा क्यापिटल लिमिटेडले पुस ७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको क्यापिटलको पहिलो म्युचुल फण्ड गरिमा समृद्धि योजनाको इकाईका लागि आवेदन दिने आज पुस ११ गते अन्तिम दिन रहेको छ।

क्यापिटलले गरिमा म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने ‘गरिमा समृद्धि योजना’ को १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई  बिक्रीमा ल्याएको हो। निष्काशन गरिने कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १४ प्रतिशत वा १ करोड ४० लाख इकाई कोष प्रवर्धक गरिमा विकास बैंकलाई र १० लाख इकाई योजना व्यवस्थापक कम्पनी गरिमा क्यापिटल लिमिटेडलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो।

फण्डको इकाईमा लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन सक्नेछन्।

यस फण्डमा बिक्री अवधि भित्र तथा बोर्डबाट थप भएको अवधिभित्र ५० प्रतिशत अर्थात ५ करोड इकाईका लागि आवेदन परेमा इकाई बाँडफाँट गरिनेछ। र न्यूनतम संख्यामा इकाई बिक्री नभएमा योजना खारेज गरी १५ दिन भित्र निवेदकहरुको रकम फिर्ता गर्न भुक्तानी प्रक्रिया शुरु गरिनेछ। 

फण्डको बिक्री प्रबन्धक गरिमा क्यापिटल लिमिटेड नै रहेको छ। १० वर्ष अवधिको यो बन्दमुखी योजनाका लागि लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाहरूबाट सि–आस्बा प्रणाली प्रयोग गरी वा मेरो  सेयरमार्फत् आवेदन दिन सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको